• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

योजना बचत

Image is of योजना बचत

योजना बचत सबै सदस्यहरूका लागि निश्चित योजना बनाई दैनिक रूपमा क्रमशः बचत गराउँदै जाने र एकमुष्ठ बचतलाई पारिवारिक योजना आवास निर्माण छोराछोरीको शैक्षिक खर्च व्यवसाय वृद्धि लगायका कामहरूमा लगाउनका लागि सहज होस् भन्ने अभिप्रायले यो योजना यस आ.व. बाट सुरू गरिएको छ । 

  • यो खाता जतिसुकै रकमबाट संचालन गर्न सकिने छ । 
  •  कार्यालय बन्द तथा दैनिक आउने कर्मचारीको बिदा भएको दिनको बचत कार्यालय खुलेका दिन अनिवार्य जम्मा गर्नुपर्ने छ ।
  •  ५ दिन भन्दा बढी निरन्तर बचत जम्मा नभए प्राप्त गर्ने मुनाफाबाट हिसाव कट्टा गरिनेछ । 
  •  तोकिएको अवधि भन्दा अगाडिनै खाता बन्द गर्नुपर्ने अवस्था आए अतिरिक्त बोनसको सुविधा दिइने छैन ।
  •  यस खातामा जम्मा भएको रकमलाई अवधि पूरा भएपछि सदस्यलाई भुक्तानी दिँदा रू १००० का आधारमा तपसील अनुसार हुने छ । रू १,००० भन्दा घटी वा बढी भएमा सोही अनुपातमा प्राप्त गर्न सकिने छ । 
  1.  रू १००० का दरले १ बर्षसम्म दैनिक निरन्तर खातामा रकम जम्मा गर्दा ३८३ गुणा दिइने छ । 
  2.  रू १००० का दरले २ बर्षसम्म दैनिक निरन्तर खातामा रकम जम्मा गर्दा  ८०५ गुणा दिइने छ । 
  3.  रू १००० का दरले ३ बर्षसम्म दैनिक निरन्तर खातामा रकम जम्मा गर्दा १२६८ गुणा दिइने छ । 
  4.  रू १००० का दरले ४ बर्षसम्म दैनिक निरन्तर खातमा रकम जम्मा गर्दा १७६३ गुणा दिइने छ । 
  5.  रू १००० का दरले ५ बर्षसम्म दैनिक निरन्तर खातामा रकम जम्मा गर्दा २३२५ गुणा दिइने छ