• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

आवधिक बचत

Image is of आवधिक बचत

१) यो खाता निश्चित अवधि तोकी एकमुष्ट रकम एकै पटकमा जम्मा गरी खोल्न सकिने छ । 

२) यस खातामा न्यूनतम रु ५०००।– र सोभन्दा माथि जतिसुकै रकम राख्न सकिने छ । 

३) यस प्रकारको खातामा छोटो अवधि ३ महिना र लामो अवधि ३ वर्षसम्म राख्न सकिने छ । 

४) यस खातामा राखिएको रकम बीचमा थप घट गर्न पाइने छैन । 

५) यस खातामा रहेको रकमको ब्याज ३÷३ महिनामा सोही व्यक्तिको बचत खाता मार्फत् दिइने छ । 

६) यस खातामा जम्मा गरेको रकम तोकिएको समययावधी भन्दा अगाडि भुक्तानी लिन पाइने छैन । काबु बाहिरको परिस्थितिमा फिर्ता लिनुपर्ने भएमा न्यूनतम् ब्याज पाक्ने बचत खाताको ब्याज गणना गरी भुक्तानी दिइने छ । 

७) तोकिएको अवधि पूरा भएपछि रकम लैजाने वा पुनः राख्ने वा अर्को प्रकृतिको खातामा जम्मा गर्ने भन्ने कुरा सदस्य स्वयम्ले दिएको लिखित जानकारी मुताविक गरिनेछ । अन्यथा न्यूनतम व्याजदर निर्धारण गरिएको खाताको हिसाबले ब्याज दिइने छ ।

८) यस खाताको ब्याज गणना प्रत्येक त्रैमासिकमा हुने भएकोले संस्थाको त्रैमासिक खाताबन्दीको समयमा ब्याज प्रविष्टी भए पश्चात् समय सीमा सकिनु अगावै सदस्यले उक्त खाताको रकम फिर्ता लिन चाहेमा बचतको न्यूनतम ब्याजदर भन्दा बढी ब्याज प्रविष्ट गरिएको भए उक्त रकम फिर्ता गर्नुपर्नेछ ।