
यो खाता ५, १०, १५ र २० बर्षे खोल्न सकिने छ । तोकिएको अवधिभित्र जम्मा गरेपछि निम्न अनुसार भुक्तानी दिईनेछ ः
१) यो खाताको अवधि ५ वर्ष, १० वर्ष, १५ वर्ष र २० वर्षगरी ४ अवधिका हुनेछन् ।
२) यो खातामा घटीमा रु १०० ।– देखि शुरुभई १००।– ले निशेष भाग जानेगरी सदस्यको इच्छा अनुसार बढी रकम जम्मा गर्न सकिनेछ ।
यस बचत कार्यक्रमका विशेषता, सर्त तथा बन्देजहरू निम्न अनुसार हुनेछन्ः–
क) स–साना रकम हरेक महिना बचत गरी जीवनको उत्तरार्धमा एकमुष्ट प्राप्त हुने । एकमुष्ट रकम आवश्यक नपरे उक्त जम्मा भएको रकमको ९ प्रतिशतले हुने ब्याज प्रत्येक महिना लिइरहन पाइने ।
ख) यस बचत कार्यक्रममा बचत गर्ने बचतकर्ताको दुर्घटना वा अन्य कुनै कारणबाट असामयिक निधन भएमा निजले इच्छाएको व्यक्ति वा हकवालाले बाँकी अवधिको लागि यस बचत कार्यक्रममा सरिक हुन नसके वा नचाहेमा त्यस अवधिसम्म जम्मा भएको रकम यस बचत कार्यक्रमको ब्याज थप गरी हुने रकम निजले माग गर्नासाथ एकमुष्ट भुक्तानी गरिने ।
ग) यस बचत कार्यक्रमका बचतकर्ताले बचत रकमको आधारमा बिना धितो क्र्जा लिन पाईने ।
घ) एउटै व्यक्तिले दुई वा सोभन्दा बढी वा सबै अवधिका बचत कार्यक्रममा सहभागी हुनसक्ने छ ।
ङ) यो खातामा प्रत्येक महिना मासिक किस्ता नियमित जम्मा गर्नुपर्ने छ । मासिक किस्ता जम्मा नभए पछिल्लो महिना बाट ४ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ ।
च) तोकिएको एक चौथाई अवधि पूरा नभई कार्यक्रमबाट अलग हुन चाहेमा बचतकर्ताले लिखित माग गरेको एक महिनाभित्रमा जम्मा भएको रकम बिना ब्याज फिर्ता पाउने छ । सो अवधि पूरा भएका तर आधा अवधि पार नभएका बचतकर्ताको हकमा क्रमिक बचतको हिसाबले पाकेको ब्याजको २५ प्रतिशत रकम जम्मा भएको रकममा थपगरी फिर्ता पाउने छ । यसैगरी आधा अवधि पार भएको भए ५० प्रतिशत र तीन चौथाई पूरा भएको हकमा क्रमिक बचतको हिसाबले पाकेको ब्याजको ७५ प्रतिशत रकम जम्मा भएको रकममा थप गरी फिर्ता गरिने छ ।
छ) बचतकर्ताले ५ वर्ष अवधिका लागि बचत रकमको ८० प्रतिशत र ५ वर्षभन्दा माथिको हकमा बचत रकमको ९० प्रतिशतसम्म क्र्जा लिन सक्नेछन् । जसका लागि संस्थाको नियम अनुसारको ब्याज र बाँकी अवधिको हिसाबले प्रत्येक महिनाको किस्ता नियमित रुपमा बुझाउनुपर्नेछ । हरेक महिना ब्याज र किस्ता नबुझाएमा सदस्यले लिएको क्र्जाको सावाँब्याज बढेर उसले संस्थामा गरेको बचत रकम बराबर पुग्नासाथ सोही बचत रकमबाट क्र्जा असुली गरी हिसाब मिलान गरिनेछ ।
ज) माथि उल्लेख गरिए बाहेक संस्थाले समय समयमा निर्धारण गरेका निर्णय र प्रचलित ऐेनकानुन अनुसार हुनेछ ।
झ) दफा ६ को घ र ङ का खाताहरूमा मासिक रु १,०००।– भन्दामाथि बचत गर्ने बचत कर्ताहरूको रु १,००,०००।– बराबरको निःशुल्क दुर्घटना बिमा गरिने छ ।