
नियमित बचतः
क) यो खातामा मासिक नियमित रुपमा न्यूनतम रु १००० भन्दा माथि बचत गर्नुपर्नेछ ।
ख) यो खातामा जम्मा गर्ने सदस्यले मासिक न्यूनतम रु १००० भन्दा कम गरेको भए शेयर र बचत दुवै हेरी सोही अनुपातमा संस्थाले उपलब्ध गराउने सबै प्रकारका सुविधा उपलब्ध गराइनेछ ।
ग) यो खाताको मुख्य उद्देश्य भनेको “उमेर छदाको कमाई बुढेसकालमा रमाई” हो ।
घ) यो खाता नियमित नहुने सदस्यहरुले संस्थाले दिने कुनै पनि सुविधाहरु उपलब्ध गराइने छैन ।
ङ) यस खातामा तोकिएको अवधि पूरा भएपछि आफूले जम्मा गरेको रकममा संस्थाको तर्फबाट तोकिएको ब्याजदर प्रदान गरिनेछ ।
च) यो खातामा बजारको मूल्य अनुसार बचतको ब्याजदर परिवर्तन भए परिवर्तित ब्याजदरमा रकम भुक्तानी गरिनेछ ।