• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

मेची बहुउद्देश्यीय सहकारीको सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Image is of मेची बहुउद्देश्यीय सहकारीको सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Mar 25, 2024

दमक/ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक कार्यक्रम अन्तर्गतको सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका ५ वटा सेवा कार्यालयमा फागुन १३ गतेबाट शुरु भइ २३ गतेसम्म चलेको कार्यक्रममा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।


सदस्यहरुलाई संस्थाको गतिविधि र वित्तीय अनुशासनका बारेमा जानकारी गराउन संस्थाले प्रत्येक वर्ष सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ ।
यस वर्षको गत पुसदेखि नै कार्यक्रम सञ्चालन गरेर ५ वटा सेवा कार्यालयहरु (बिर्तामोड, कन्काई, चुलाचुली, मिक्लाजुङ, पथरी) मा कार्यक्रम सम्पन्न गरिसकेको र कोभिडका कारण कार्यक्रम स्थगित भएको थियो ।