दमक/ दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लि. ले सदस्यलाई दिँदै आएको सेवा सुविधामा यो वर्ष पनि प्रत्यक्ष लाभान्वित हुने तीन वटा सुविधा थप गरेको छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएको ३२ वटा सुविधामा यो वर्ष दुई वटा थप गरी ३४ वटा पु¥याएको हो ।
थप गरिएका सुविधाहरुमा यस अघि सदस्य र सदस्यको श्रीमान् वा श्रीमतीको स्वर्गारोहण हुँदा मात्र दिँदै आएको काजकिरिया खर्च यसपटकबाट सदस्यका जन्म दिने बुवा र आमाको स्वर्गारोहण हुँदा समेत काजकिरिया खर्च रु ५००० प्रदान गर्ने गरी सुविधा थप गरेको छ ।
संस्थाले कर्जा लिएका सदस्यको मृत्यु भएमा रु १ लाख कर्जा छुट दिँदै आएकोमा यस वर्ष रु ५० हजार थप गरी रु १ लाख ५० हजार छुट दिने जनाएको छ । यसअघि सदस्यको छोरी जन्मिदा मात्र रु १००० को शेयर प्रदान गर्दै आएको संस्थाले यस वर्षबाट छोरा वा छोरी जन्मिए रु १००० को शेयर प्रदान गर्ने जनाएको छ ।